काठमाडौं । जेठ १२ गते
अमेरिकाले विश्वभर नै महामारीको रूप लिइरहेको कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई आह्वान गरेको छ ।अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड(१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्युएचओलाई आह्वान गरेका हुन् ।डब्ल्युएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने पनि बताएका छन्।

चीनको वुहानस्थित प्रयोगशालाका शोधकर्ताहरू महामारी फैलनुअघि नै विरामी परेको सूचना सार्वजनिक भएलगत्तै अमेरिकाले डब्ल्युएचओलाई यस्तो आग्रह गरेको हो ।