काठमाडौं । जेठ १२ गते
कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराको भनाई छ । उहाँले सबै मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव र एकता कायम राख्नु पर्ने बताउनु भएको छ ।

वैशाख ११ तर्फ फर्केर १२ बुँदे सहमतिको जडबाट दीर्घ समाधान खोज्नु पर्नेमा उहाँले जोड दिनु भएको छ।सामान्य टालटुल र ढाकछोपले विद्यमान संकट समाधान नहुने उहाँको भनाइ छ ।