काठमाडौं । जेठ १३ गते
अन्धाधुन्ध गोली प्रहारबाट अमेरिकामा ८ जनाको ज्यान गएको छ । क्यालिफोर्निया राज्यको सेन जोस शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको ज्यान लिएको हो । प्रहरीका अनुसार दर्जनौं घाइते भएका छन् । घटनापछि उक्त अपराधी भाग्ने कोशिश गरिरहँदा प्रहरीले गोली हानेर मारेको छ । उक्त शहरका मेयर स्याम लिकार्डोले यो घटना शहरकै कालो धब्बा भएको प्रतिक्रिया दिएका छन् ।

मारिनेहरु अधिकांश कर्मचारी हुन् । उनीहरु यातायात प्राधिकरणका कर्मचारी थिए । बुधबार बिहान काम सकेर घर जाने तयारी गरिरहेका उनीहरुमाथि आक्रमण भएको हो ।