काठमाडौं । जेठ १३ गते
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेता माधवकुमार नेपाल पक्षका सांसदको सहारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन खोजेकोप्रति टिप्पणी गर्दै एमालेको घरमा कांग्रेसले डकैती हानेको बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता बाँस्कोटाले कांग्रेसले निर्दलीयताको पक्षपोषण गरेर लोकतन्त्रको गीत गाउने हक गुमाएको बताउनु भएको छ ।