काठमाडौं । जेठ १४ गते
हाल नेपालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको । निषेधाज्ञा जारी भएको काठमाडौँ उपत्यकामा ३० औँ दिनमा प्रवेश गरेको छ । कोभिड–१९ को संक्रमण दर बढेकाले रोकथाम तथा नियन्त्रण गर्न वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएको हो । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखसहितको बैठकले उक्त निर्णय गरेको थियो ।नेपाल सरकार गृह मन्त्रालय काठमाडौंका प्रमूख जिल्ला अधिकारीबाट नयाँ भेरियण्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढि रहेकोले संक्रमणको जालो तोड्न भन्दै जेठ १४ गते आजबाट सम्पूर्ण किराना पसल बन्द गर्ने निर्णय गरेको थियो ।आजबाट तरकारी ९साग–सब्जी० फलफूल, दूध, मासु र ग्यासको पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत सोमबार भएको भर्चुअल पत्रकारमा मन्त्री हृदयेश त्रिपाठीले एक हप्‍ताको तथ्यांक हेर्दा दैनिक औषत आठ हजार ३ सय नयाँ संक्रमित थपिने गरेको बताएका थिए । नेपाल चेम्वर अफ कमर्सले तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था गर्न सम्वन्धित निकाय समक्ष माग गरेको छ ।भौतिक दूरी कायम गरी सुरक्षाका सम्पूर्ण मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष अनुरोध गरेको हो ।काठमाडौंका प्रमूख जिल्ला अधिकारीबाट जारी भएको विज्ञप्ति अनुसार किराना पसलल बन्द गर्ने सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको बताइएको छ ।किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरीद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्का पर्ने चेम्वरले जनाएको छ ।किराना पसलहरुमा खाद्यान्न र किराना सामानको अतिरिक्त दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिँदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्वसाधारणलाइ सुलभ आपूर्ति हुन नसक्ने बताइएको छ ।