×

TUNGOON

गणतन्त्र बिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने पुर्वप्रधानमन्त्री डा.भट्टराईको जिकिर


काठमाडौं । जेठ १५ गते
आज १४औं गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै पुर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको बताउनु भएको छ । पुर्वप्रधानमन्त्री डा.भट्टराईले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको भन्दै त्यसलाई परास्त गर्न आग्रह गर्नु भएको छ ।

उहाँले गणतन्त्र बिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको र त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नु पर्ने जिकिर गर्नु भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला