काठमाडौं । जेठ १५ गते
आज गणतन्त्र दिवसको अवसरमा जंगीअड्डा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सहि दिशामा अघि बढिरहेको बताउनु भएको छ । उहाँले लामो राजनीतिक अस्थिरता र संक्रमणलाई चिर्दै, मुलुकको आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल भएको बताउनु भएको छ । आर्थिक वृद्दिदरमा निरन्तर प्रगतिका साथै निरपेक्ष गरिबीमा कमी हुनु, सुशासन र शान्ति स्थापनामा सुधार भइ अपराधमा कमी तथा जनतामा सुरक्षाको प्रत्याभूति हुनु, भूकम्पछिको पुनः निर्माण कार्यले सार्थकता पाउनु, सेवा प्रवाहमा व्यापकताका साथ जनतामा सन्तुष्टि बढ्दै गइ विश्वास वृद्धि, विकास, संवृद्धि तथा सुशासनका सबै आयामहरु तथा विश्वव्यापी परिसूचकहरुमा उल्लेख्य सुधार आउनुले मुलुक सहि दिशातिर अघि बढेको स्पष्ट भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

त्यस्तै कात्तिक २६ र मंसिर ३ का लागि तोकिएको निर्वाचन समयमा नै हुने उहाँले दाबी समेत गर्नु भएको छ । उहाँले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताउनु भएको छ । ‘निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ।यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ ।