काठमाडौं । जेठ १४ गते
हाल देशभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि हाल निषेधाज्ञा जारी गरेको छ । यसैलाई मध्यनजर गर्दै जसपा कोयुवा संघ कोभिड रेस्पोन्स टिमले भोली ( आइतबार)देखि लकडाउन अवधिभर भोको व्यक्तिहरुलाई निशुल्क खाना वितरण गर्ने उद्देश्यले भोको पेटलाई भोजन तथा खाद्यान्न वितरण अभियान २०७८ सञ्चालन गर्ने भएको छ ।

युवा संघले विशेष गरि शारीरिक अपाङ्ग भएका, परिवार विहिन,मजदुर र लकडाउनका कारण आर्थिकलागी अवस्था शून्य भै खानको निम्ति अभाव भएका वर्ग नै यस कार्यक्रमको लक्षित वर्ग हुने जानकारी दिएको छ । जसपा युवा संघका वरिष्ठ उपाध्यक्ष निरज प्रधानले बताउनु भएको छ । महामारीको समयमा खाद्यान्न जोहो गर्ने प्रवृतिको अन्त्य गर्ने उदेश्यले खाद्यान्न वितरण गर्नुको साटो भोजन नै तयारी गरेर वितरण गर्ने नीति संघले लिएको छ ।खाना खानको निम्ति बाहिर निस्किन नसकिने बाध्यात्मक अवस्था सुत्केरी,खुट्टा तथा आँखा सम्बन्धि अपाङग हरुलाई रहेको तर भोकै भएको खबर हामीलाई आएमा खाद्यान्न पनि वितरण गर्र्ने उपाध्यक्ष प्रधानको भनाई छ ।

शेर्पा पार्टी प्यालेस, जोरपाटी काठमाडौमा खाना पकाउने र प्याक गर्ने कार्य हुने र उक्त अभियान आइतबार बिहान ११ बजे बाट सुरु भई निषेधाज्ञा अवधिभर जारी रहने छ । खाना वितरण बौद्ध, जोरपाटी, गोठाटार, नारायणटार आसपासका भोका आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरु लाई समेट्न जम्बु डाँडा पुल नजिकै को खुला ठाउमा सामाजिक दुरि कायम गरेर वितरण गर्ने र त्यसपछी खाना प्याक गरेर गाडीमा राखेर ठूलो चोक हरुमा वितरणको लागी लग्ने संघले जनाएको छ ।