काठमाडौं । जेठ १६ गते
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता विष्णु रिजालले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट अहिलेको खराब समयको असल बजेट रहेको बताउनु भएको छ । । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता विष्णु रिजालले अहिलेको बजेट खराब समयको असल बजेट रहेको बताउनु भएको हो । उहाँले कोरोना महामारीबाट आक्रान्त भएर घरबाहिर निस्किने नसकिरहेको बेला स्वास्थ्य, जीविका र आम आर्थिक क्रियाकलापलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताएका छन् । बजेटमा गत निर्वाचनमा जनता सामु गरिएका बाचालाई अधिकतम ध्यान दिइएको बताउनु भएको छ । उहाँले आम नागरिक कोभिड महामारीबाट आक्रान्त भएर घरबाहिर निस्किने नसकिरहेको बेला उनीहरुको स्वास्थ्य, जीविका र आम आर्थिक क्रियाकलापलाई केन्द्रमा राखेर बजेट आएको उललेख गर्नु भएको छ ।

उहाँले बजेटमार्फत सकेसम्म बढी राहत, पुनरुत्थान, सहजीकरण र प्रोत्साहन गर्दै सबै क्षेत्रलाई अभिभावकत्व दिने र उत्साहित बनाउने इमानदार कोसिस भएको र प्रतिकूलताका बीच पनि घोषणपत्रमार्फत गत निर्वाचनमा जनता सामु गरिएका बाचालाई अधिकतम ध्यान दिइएको जिकिर गर्नु भयो । बजेट महत्वाकांक्षीभन्दा व्यावहारिक र संकट समाधानमा केन्द्रित देखिएको उहाँको भनाई छ ।