काठमाडौं । जेठ १६ गते
राजनीति नेतृत्वबाटै देशको विरुद्धमा अनिष्ट काम भईरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई रहेको छ । आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा बोल्दै नेतृत्व तह नै दलीय अनुसाशान,मर्यादा, प्रणाली र कुनैपनि अनुशासनको प्रणाली नमानेर हिड्नु गलत भएको बताउनु भएको छ ।
उहाँले नेतृत्वतहबाटै धमिलो पानी बगाउने काम भइरहेको र यो चिन्ताको विषय भएको बताउदै माथिबाटै धमिलो पानी बगेपछि तल कहाँ सङ्ग्लो हुन्छ भन्दै प्रश्न गर्नु भएको छ ।