काठमाडौं । जेठ १६ गते
आज अपरान्ह पाँच बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह पाँच बजे अध्यक्ष ओलीले स्थायी समिति बैठक बोलाएको हो।‘बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न अध्यक्षज्यूले पाँच बजे बालुवाटारमा स्थायी समिति बैठक बोलाउनु भएको र सबै स्थायी समिति सदस्यहरूलाई जानकारी गराइएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा पार्टीले उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १२ जनालाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुनेभने तत्काल कारबाही नहुने जनाइएको छ ।