काठमाडौं । जेठ १७ गते
आज बिहान १० बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान १० बजे बोलाइएको कमिटी बैठक स्थायी गरि मंगलबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको हो । एमालेको स्थायी कमिटी बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको थियो ।स्पष्टीकरण सोधिएका नेताहरुलाई कारवाही गर्नेसहितको विषयमा छलफल गर्न बैठक बस्ने तयारी छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने जनाइएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो ।घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको हो ।