काठमाडौं । जेठ १७ गते
आज बिहान ११ बजे बागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक बस्दैछ भने आज दिउँसो १ बजे गण्डकी प्रदेशसभा बैठक बस्ने भएको छ । आइतबार ३ मिनेट मात्र बसेर स्थगित भएको बैठक आज बिहान ११ बजेदेखि बस्न लागेको हो । शोक प्रास्ताव मात्रै पारित गरेर बैठक स्थगित भएको बैठकमा आज मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धि पत्र पढेर सुनाउने, दलका नेता तथा प्रतिनिधिले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे बस्ने कार्य व्यवस्था समितिको बैठकले कार्यसूची तय गर्ने गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । आइतबार प्रदेशसभामा सहभागी दलका शीर्ष नेताले धारणा राखेका थिए ।