काठमाडौं । जेठ १७ गते
नयाँ पार्टी गठन हुने संकेत गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको एमाले वरिष्ठ नेता माधव कुमार नेपालको भनाई छ । आफ्नो समुह निकट अनेरास्ववियु केन्द्रिय कमिटिको आइतबार भएको भर्चुअल बैठकमा नेता नेपालले आफु पार्टी एकताको पक्षमा प्रयाशरत रहेपनि ओलीबाट सम्भावना टर्दै गएको बताउनु भएको छ ।

उहाँले बिद्रोहबाट बन्ने नयाँ पार्टीको नेतृत्व लिन युवा पुस्ता तयार भए आफु नेतृत्व हस्तान्तरणका लागि तयार रहेको भन्दै ‘दोस्रो पुस्ता नेतृत्वका लागि सहमति जुटाएर अघि बढ्छ भने म नेतृत्व हस्तान्तरणका लागि तयार रहेको जिकिर गर्नु भएको छ ।