काठमाडौं । जेठ १७ गते
मान्छे तानातान नगरी हातमिलाएर आ–आफ्नो बाटो लाग्न नेताहरुलाई जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आग्रह गर्नु भएको छ । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पुर्वप्रधानमन्त्री भट्टराईले जसपाका नेताहरुलाई सो प्रस्ताव गर्नु धएको हो । अहिले जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच कुरा नमिल्दा पार्टीभित्र विवाद बढ्दै गइरहेको छ । भट्टराईले मान्छे तानातान नगरी हातमिलाएर आआफ्नो बाटो लाग्नु ठिक हुने उल्लेख गर्नु भएको छ ।

उहाँले हिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको बताउदै नयॉ निर्माणनिम्ति पुरानो भत्कनै धारणा राख्नु भएको छ । समयले नयाँ ध्रुवीकरण खोजेकाले अतस्मान्छे तानातान र किनबेचको तमासा नगर्न उहाँले आग्रह गर्नु भएको छ ।