×

TUNGOON

काठमाडौं उपत्यकामा अत्यावश्यक काम नपरि हिँड्ने र पास नबोकी हिँड्नेलाई दिनभरि होल्ड, एक सयदेखि दुईसय रुपैयाँसम्म जरिवाना तिराउने


काठमाडौं जेठ १८ गते
हाल विश्वभर कोोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिएको छ । काठमाडौ उपत्यका लगायत देशभर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आल निषेधाज्ञा लगाइएको छ भने काठमाडौं उपत्यकामा अत्यावश्यक काम नपरि हिँड्ने र पास नबोकी हिँड्नेलाई जरिवाना तिराउन थालिएको छ । अहिले हरेक दैनिक एक हजार जना कारबाहीमा पर्ने गरेका छन् ।

कोभिड सम्बन्धी अध्यादेशमा निषेधाज्ञा पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने भनिएको थियो ।मास्क नलगाइ सार्वजनिक ठाउँमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ जरिवाना हुने र अत्यावश्यक बाहेकका गाडी चलाएमा दुई पाङ्ग्रेलाई पटकै पिच्छे दुई हजार रुपैयाँ र अन्य गाडीलाई पटकै पिच्छे पाँच हजार रुपैयाँ जरिवाना हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको थियो । तर, अध्यादेशमा तोकिएअनुसार निषेधाज्ञा पालना नगर्नेलाई ठूलो जरिवाना भने नतिराइएको ट्राफिक प्रहरीले जनाएको छ । निषेधाज्ञा पालना गराउनका लागि अहिले एक सयदेखि दुईसय रुपैयाँसम्म मात्रै जरिवाना तिराउने गरिएको र पछिल्लो पटक थपिएको निषेधाज्ञा पालना गर्न गराउन केही दिन सम्झाइबुझाइ नै गरिएको प्रहरीको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला