काठमाडौं जेठ १८ गते
न्यायकर्मीको कालोकोटमा भन्दा प्रधानमन्त्रीको कालो सोचमा समस्या रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै शर्माले कालोकोटधारीले न्यायालयमा हस्तक्षेप गरेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै यस्तो बताउनु भएको हो ।

उहाँले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुने बताउनु भएको छ ।