काठमाडौं जेठ १८ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको ढोका बन्द गरी असंवैधनिक कदममार्फत राज्यसत्ता कब्जा गर्न खोजेको आरोप लगाउनु भएको छ । उहाँले प्रधानमन्त्रीको पछिल्लो कदमले स्वतन्त्र न्यायपालिकाको भूमिकालाई कार्यपालिकाको छायामा राख्न खोजेको उबताउनु भएको छ । प्रधानमन्त्री ओलीको संविधान विरोधी कदमलाई रोक्ने एकमात्र उपाय सर्वोच्च अदालतको निर्णय नैरहेको बताउँदै उहाँले अदालते असंवैधानिक कदम सच्च्याउने अपेक्षासमेत गर्नु भएको छ ।

न्यायक्षेत्रमा संलग्न कानुन व्यावसायी तथा र पूर्वन्यायाधीशलाई सार्बजनिक रुपमै गालिगलौजमा प्रधानमन्त्री उत्रनु भनेको न्यायलय प्रती ठाडो हमला रहेको उहाको भनाइ छ।