काठमाडौं जेठ १८ गते
प्रदेशसभा नियमावली अनुसार पूर्व बजेट छलफल समयमै नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आपत्ति जनाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्रदेश १ लगायत अन्य प्रदेशहरूलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संघकै नियतिमा पुर्याउने शंका बढेको बताउनु भएको छ । उहाँले सबै मिलेर प्रदेशको यस्तो कार्यको प्रतिवाद गर्न पनि आह्वान गदै अधिनायकवादको अन्त्य गर्न अग्रह गर्नु भएको छ ।

उहाँले प्रदेशसभा नियमावली अनुसार पूर्व बजेट छलफल समय मै नगर्ने, अधिवेशन बोलाउन ढिला गर्ने क्रियाकलाप हेर्दा प्रदेश–१ लगायत अन्य प्रदेशहरूलाई पनि प्रधानमन्त्रीले संघ कै नियतिमा पुर्याउने शंका बढेको बताउनु भएको छ ।