काठमाडौं जेठ १८ गते
राजनितिक विषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमाबद्ध गरेको नेकपा (एमाले)का नेता योगेश कुमार भट्टराईको भनाई छ । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता भट्टराईले यस्तो बताउनु भएको हो ।

सामाजिक सद्धभाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउछ भने त्यसलाई अन्यथा मान्न नहुने उहाँको भनाई छ ।भट्टराईले खोपको लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्नुपर्ने बताउनु भएको छ ।