काठमाडौं । जेठ २९ गते
काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । आज निषेधाज्ञा १० दिन थप गर्ने सम्बन्धमा तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै छ । यसअघि, थप गरिएको निषेधाज्ञाको समयावधि भोलिसम्म छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो पारेर थप गरिने भएको छ । खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलिभरी बिहान १० बजेसम्म खुल्न दिइनेछ । निर्माणकार्य सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ ।
यस्तै, ढुवानीका सवारी–साधन राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइनेलगायत निर्णय हुने जनाइएको छ ।