काठमाडौं । जेठ २९ गते
मधेसको माग पुरा गराउने दिशमा आफुहरु अघि बढ्दा प्रतिगमनकारीको बिल्ला पाएको जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको भनाई छ । फुटको संघारमा पुगेको जसपकाको महन्थ ठाकुर पक्षधर नेतासमेत रहेका नेता कर्णले फोन सम्पर्कमा यस्तो प्रतिक्रिया दिनु भएको हो । कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक वार्ता भए पनि मधेशको मागमा कुनै ठोस निर्णयमा नपुगेको कर्णको दाबी थियो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको माग सम्बोधनमा अग्रमणकारी कदम चालेको जिकिर गर्नु भएको छ ।

उहाँले विपक्षी गठनबन्धनमा नबसेपछि उपेन्द्र यादव चिडिएको पनि आरोप लगाउनु भएको छ । उहाँले विगतको पटकपटकको मधेस थरुहट आन्दोलनले निर्दिष्ट गरेको मुद्दामाथि हालको सरकार लचिलो भएकोले केन्द्र सरकारलाई सघाउने निर्णयमा आफुहरु पुगेको पनि स्पष्ट पार्नु भएको छ । जसपाको विवाद बढ्दै जाँदा अहिले महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एकले अर्कोलाई बहुमत कार्यकारिणी सदस्यको दम्भमा निस्काशन गरेको जनाएको छ। पार्टी फुट्दा मधेसको मुद्दा र प्रदेश २ सरकार परिवर्तनमा पनि असर पुग्ने आँकलन छ।