काठमाडौं । जेठ १९ गते
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले ढुंगा–बालुवा भारतमा बेच्ने निर्णय गरेर चुरे क्षेत्र विनास गर्न लागेको भन्दै व्यापक आलोचना भइरहेका बेला प्रतिवाद गर्नु भएको छ । मुख्यमन्त्री पोखरेलले बजेटमा उल्लेख कार्यक्रम तराईका नदी–खोलाको ढुंगा–बालुवा वा चुरे उत्खनन गरी निकासी अनुमति’ नभएको दाबी गरेका छन्।

त्यस्तै पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पनि हालै प्रस्तुत बजेटमा उल्लेख बालुवा–ढुंगा निकासी सम्बन्धमा स्पष्ट पार्न सरकारसँग माग गर्नु भएको हो । सरकारले बालुवा–ढुंगा भारतलाई बेच्ने निर्णय गरेर चुरे विनास गर्न लागेको भन्दै आलोचना हुन थालेपछि यसबारे प्रस्ट कुरा राख्न पूर्वमन्त्री भट्टराईले सरकारलाई आग्रह गर्नु भएको छ ।

भट्टराईले बालुवा, गिट्टीलगायतको निकासी खुला गर्ने सरकारको निर्णयसँगै तराईको वातावरणीय प्रभाव, चुरे क्षेत्रमा पर्ने प्रभावजस्ता विषयमा सार्वजनिक भइरहेका बहसका बारेमा यथार्थ केहो भन्दै सरकारले स्पस्ट गर्नु पर्ने बताउनु भएको छ ।