काठमाडौं । जेठ १९ गते
आज दिउँसो ४ बजे नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । बालुवाटारमा बस्न लागेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनु भएको छ । मंगलबारको बैठकले स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुबारे कुनै निर्णय लिएन । बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

 

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने छ । नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाले लगभग एकता टरिसकेको निश्कर्ष निकालेको ओली पक्षले एकताका लागि भन्दै अन्तिम समयसम्म पहल गर्ने मंगलबारको बैठकले निर्णय गरेको थियो ।यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो।