काठमाडौं । जेठ १९ गते

हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर जारी छ । कोरोना संक्रमण रोकचाम तथा नियन्त्रणका लागि हाल देशभर निषेधाज्ञा जालगाएको छ । निषेधाज्ञाको अवधिभर समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिमले गत आइतबारदेखि निशुल्क खाना वितरण गर्ने उद्देश्यले भोको पेटलाई भोजन तथा खाद्यान्न वितरण अभियान २०७८ सञ्चालन गरेको छ । उक्त अभियानले आज ४ औ दिनमा प्रवेश गदै भोजन वितरण कार्यलाई निरन्तरता दिएको छ । यसैक्रममा समाजवादी युवा संघ, कोभिड रेस्पोन्स टिमद्वारा आयोजित भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण कार्यक्रम सफल बनाउनका निम्ति केही सहयोगी मनहरुले दाताले केही रकम सहयोग गर्नु भएको छ । सहयोग गर्नेहरुमा आयोजक श्री वाशु भट्ट मार्फत जसपा संघीय परिषद सदस्य ,सफल व्यावसायि तथा समाजसेवी आदरणीय श्री राजेन्द्र पराजुलीले नगद ५ हजार ,

Open Photo

आयोजक श्री राजकुमार कोइराला मार्फत स्तुपा स्वास्थ्य सेवा सहकारी सस्था लि=को अध्यक्ष ,जापानको पूर्व राजदूत ,जसपा केन्द्रिय समिती सदस्य, समाजसेवी, बुद्धिजीवी तथा बौद्धिक व्यक्तित्व आदरणीय डा. गणेश ह्योन्जनले ५ हजार,

Open Photo

आयोजक श्री रेणु सिंह मार्फत जसपा संघीय परिषद सदस्य, महिला नेतृ तथा समाजसेवी आदरणीय रुपा मल्लले ३ बोरा चामल,

Open Photo

 

बारा जिल्ला घर भै हाल बौद्ध नयाँवस्ती बस्ने समाजसेवी तथा युवा व्यवसायी श्री तेन्जिन ह्योन्जन तामाङले नगद १५ सय,

Open Photo

 

मोरङ जिल्ला घर भै हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजवादी युवा संघ केन्द्रिय सचिवालय सदस्य ,सफल व्यावसायी तथा युवा नेता आदरणीय मनोज पौडेलले २० हजार ३६०

 

No description available.

संगीतकार , लेखक तथा चर्चित गायक तथा समाजसेवी आदरणीय वैरागी मोक्तानले १ बोरा चामल सहयोग गर्नु भएको छ । उहाँप्रती समाजवादी युवा संघ, कोभिड रेस्पोन्स टिमले हार्दिक नमन तथा उच्च सम्मान व्यक्त गरेको छ ।

Open Photo

 

उक्त अभियानले दैनिक जोरपाटी ओरालो, जम्बुडाडा, पाटिटार, गुहेश्वरी, बालाजु, वीर हस्पिटल हुँदै काठमाडौ, भक्तपुर र ललितपुरको विभिन्न स्थानहरुमा खाना वितरण गर्दै आएको छ । कहिँकतैबाट हामी भोकै छौं भनी खबर आएमा टिम त्यो स्थानमा भोजन सहित पुग्ने जानकारी दिएको छ । दैनिक ६ सय देखि ८ सय जनालाई खाना खुवाउने लक्ष्य रहेको जनाएको छ । तर आवश्यकता अनुसार खानाको परिमाण थपघट गर्न सकिने उल्लेख गरेको छ । विशेषगरी शारीरिक अपांग तथा असाहय, परिवार विहिन, मजदुर तथा अर्थिक विपन्न भएका व्यक्तिहरु एकैपटक रोग र भोक संग लड्नुपरेको र भोकको कारण कसैले ज्यान गुमाउन नपरोस् ,कोहि पनि भोकै बस्न नपरोस भन्ने उदेश्यले समाजवादी युवा संघ, कोभिड रेस्पोन्स टिमले भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ । यस विषम परिस्थितिमा अभियान सन्चालन गर्नु हाम्रो रहर वा बाध्यता नभएर कर्तव्य धएको बताएको छ । कर्तव्य पूरा गर्नु हाम्रो धर्म भएकाले यस सामाजिक कार्यबाट हाफुहरु निकै खुसी भएको टिमले जनाएको छ । उक्त टिमले यसैगरी देश तथा विदेशमा रहनुभएर समाजसेवामा लाग्नुभएका सम्पूर्ण समाजसेवी तथा सहयोगी मनहरुलाई हार्दिक नमन तथा उच्च सम्मान व्यक्त गरेको छ । सहयोग दाताले गरेको सहयोगलाई मिडिया पार्टनर टुङ्गुन मिडिया मार्फत ब० र समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिमको फेसबूक ग्रुप मार्फत जानकारी सार्वजनिक गराउने जानकारी दिएको छ । समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिमले जोरपाटी स्थित शेर्पा पार्टी प्यालेसमा खाना पकाउने तथा प्याकिङ गर्ने जनाएको छ । यदि हहयोग गर्नुपरेमा बैंक खाता विवरण A/c number- 0550580440299001 a/c name- niraj pradhan bank- sunrise bank ltd. branch- newroad branch ,,,,,,,,,,सहयोग लिनु या दिनुपरेमा  मोबाईल नम्बर   9841193202 ,  9851133193 ,  9851104408 ,, 9851001946 , 9849109389  ,9841974758 , 9861314492 मा सम्पर्क गर्न सक्नुहुनेछ ।