काठमाडौं । जेठ १९ गते

अहिलेकै अवस्थामा पार्टी एकताको नाममा वार्ता गर्नुको औचित्य नरहेको नेकपा एमालेका नेता एवम् प्रदेश १ का सदस्य राजेन्द्रकुमार राईको भनाई छ ।एमाले बचाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय भइरहेका बेला पार्टीबाट निष्कासित माधवकुमार नेपालनिकट राईले नयाँ परिस्थित विकास नभएसम्म अब वार्ताको कुनै औचित्य नहुने उहाँको भनाई छ । उहाँले यदि वार्ता चाहिएको हो भने सहमतिको खाका निर्माण गर्दै जानुपर्नेमा जोड दिनु भएको छ ।

ओलीले अहिले सहमतिको वातावरण बन्दै गर्दा एकपछि अर्को कारबाहीको डण्डा चलाएको जिकिर गर्नु भएको छ । नेता राईले अनेक दबाबसँग जुधेर कठिन परिस्थितिमा माधव नेपालको पक्षमा लागेका सांसदहरुलाई कारबाही गरिएको भन्दै आक्रोश पोख्नु भएको छ ।