×

TUNGOON

आज बसेको काठमाण्डौ उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकद्वारा काठमाण्डौ उपत्यकामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइयो


काठमाडौं । जेठ १९ गते
आज बसेको काठमाण्डौ उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाण्डौ उपत्यकामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको छ । आज बसेको काठमाण्डौ उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थपेर जेठ मसान्तसम्म बढाउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा भोलि रातिदेखि आउँदो जेठ ३१ गतेसम्म लागू हुनेछ । यस पटक थपिएको निषेधाज्ञामा प्रवाधानहरू केही खुकुलो बनाइएको छ । यसअघि थपिएको निषेधाज्ञामा खाद्यान्नका पसलसमेत सञ्चालन गर्न रोक लगाइएकोमा यस पटकको निषेधाज्ञामा खाद्यान्न पसल पनि खोल्न पाइने भएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक घरबाहिर निस्कन पाइने छैन ।

यस पटक थपिएको निषेधाज्ञामा प्रवाधानहरू केही खुकुलो बनाइएको छ । यसअघि थपिएको निषेधाज्ञामा खाद्यान्नका पसलसमेत सञ्चालन गर्न रोक लगाइएकोमा यस पटकको निषेधाज्ञामा खाद्यान्न पसल पनि खोल्न पाइने भएको छ ।तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चल्न पाउने भएका छन् ।त्यस्तै गाडी मर्मतका वर्कशप राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । आदेशका अरू प्रावधान भने १४ गते अगाडिकै यथावत् रहने छन् । कोरोना सङक्रमण नियन्त्रणका लागि गएको जेठ १४ देखि थप कडाइसहित थपिएको निषेधाज्ञा भोलि राति १२ बजे सकिदैछ । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो । निषेधाज्ञा १० दिन थपेर जेठ मसान्तसम्म बढाउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा भोलि रातिदेखि आउँदो जेठ ३१ गतेसम्म लागू हुनेछ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक घरबाहिर निस्कन पाइने छैन ।यस पटक थपिएको निषेधाज्ञामा प्रवाधानहरू केही खुकुलो बनाइएको छ । यसअघि थपिएको निषेधाज्ञामा खाद्यान्नका पसलसमेत सञ्चालन गर्न रोक लगाइएकोमा यस पटकको निषेधाज्ञामा खाद्यान्न पसल पनि खोल्न पाइने भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला