काठमाडौं । जेठ २० गते
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एमाले आज अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएको छ । तर असन्तुष्ट नेता खनाल र नेपाल समूहले भने बिहीबार नै छुट्टै केन्द्रीय कमिटी बैठक भर्चुअल माध्यमबाट बोलाएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षद्वारा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन निर्देशन जारी गरेको छ ।
ओली पक्षले भने खनाल(नेपाल पक्षद्वारा बोलाइएको बैठक असंवैधानिक रहेको भन्दै कोही पनि सहभागी नहुन निर्देशन दिएको हो ।एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन सूचित गरेका छन् ।