काठमाडौं । जेठ २० गते
चुरे जोगाउन ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै थापाले इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्, पानी, ढुङ्गा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिने र यो गर्नु नै पर्ने जिकिर गर्नु भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा गिटी बालुवा बेचेर व्यापार घाटा काम गर्ने योजना परे पछि त्यसबाट चुरेको विनाश हुने भन्दै विरोध हुँदै आएको छ ।