काठमाडौं । जेठ २१ गते
वातावरणीय सन्तुलन बिगार्ने तथा तराई(मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने राष्ट्रिय प्रजातन्त्र पार्टका अध्यक्ष कमल थापाको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै यस्तो बताउनु भएको हो ।

सरकारले ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम अघि सारेपछि तीव्र आलोचना भइरहेका बेला थापाको यस्तो प्रतिक्रिया आएको हो। उहाँले खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको बताउनु भएको छ ।