काठमाडौं । जेठ २१ गते
ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीतिले मरुभूमिकरण निम्त्याउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले यस्तो निर्णयले चुरे–भावर–तराईबीचको पर्यावरणको सन्तुलन ध्वस्त पार्ने बताउनु भएको हो ।

अध्यक्ष अलोहनीले नेपालको वाणिज्य नीतिले दिर्घकालिन आर्थिक विकास, समावेसी विकास र दिगो आर्थिक वृद्धि दरको लागि सरकारी प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै सरकारको निर्णय उल्लेखित लक्ष्यको विपरित रहेको दाबी गर्नु भएको छ । उहाँल्े जथाभाबी प्रकृतिमाथि हमला गरेर देश बनाउँछु भन्नु मूर्खताको पराकाष्ठा भएको जिकिर गर्नु भएको छ । यसले गरिबलाई झन् गरिब र त्यस क्षेत्रमा मरुभूमिकरणलाई प्रोत्साहन गर्ने र जथाभाबी प्रकृतिमाथि हमला गरेर देश बनाउँछु भन्नु मूर्खताको पराकाष्ठा भएको उल्लेख गर्नु भएको छ ।