काठमाडौं । जेठ २१
यो सिजनका लागि मलको अभाव नरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले बताउनु भएको छ । केहीदिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछी कृषिमन्त्री अर्यालले आज कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन गर्नु भएको छ ।

उहाँले कम्पनीमा मौज्दात रहेको मलको निरिक्षण पश्चात् आयोजीत पत्रकार सम्मेनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नभएको बताउनु भएको छ ।तर कोभिड(१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भएपनि गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताउनु भएको छ ।