काठमाडौं । जेठ २२ गते
संविधान संशोधन गर्न गठित कार्यदल राष्ट्रघाती भएको एमालेबाट निष्काशित नेता भीम रावलको भनाई छ । आज बताएका छन्। आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै रावलले संविधान संशोधन कार्यदल राष्ट्रघात र जनघात भएको र कामचलाउ प्रधानमन्त्रीको यो कार्य लोकतान्त्रिक मान्यता विरोधी र आम निर्वाचनमा जनताले दिएको जनादेशको विरुद्धमा रहेको बताउनु भएको छ ।

उहाँले शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनले प्रधानमन्त्री ओलीको राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको टिप्पणी गर्नु भएको छ ।