काठमाडौं । जेठ २२ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई घिनलाग्दो अवस्थामा पुर्याएको नेपाली काँग्रेसकी नेतृ डा.डिला संग्रौलाले आरोप लगाउनु भएको छ । आज सामाजिक संजालमा आफ्नो धारणा राख्दै उहाँले आफै असंबैधानिक रहेका र सर्बोच्च अदालतबाट संसद विघटन सम्बन्धित मुद्दाको फैसला नहुदै प्रधानमन्त्री ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनले राजनीति घिनलाग्दो अवस्थामा पुर्याएको बताउनु भएको छ ।

उहाँले पद लोलुप्त, भस्मासुर प्रबृत्तिका अनुयायीका रुपमा रहेका प्रधानमन्त्री केपी ओली नैतिक, बैधानिक, सामाजिक रुपमै निर्बस्त्र भएर नृत्य प्रदर्शन गर्न लागेको टिपपणी गर्नु भएको छ । उहाँले अब सबै राजनीतिक पार्टीहरु र जनता एकत्रित भएर मुलुकको अखण्डता, सार्बभौमसत्ता, प्रजातान्त्रिक अधिकार र बिधिको सर्बोच्चताका लागि संघर्षको मैदानमा उत्रनु पर्ने स्थिती आएको उललेख गर्नु भएको छ ।