काठमाडौं । जेठ २२ गते
आज नेपाल समूहको स्थायी समिति बैठक बस्दै छ । बैठक आज दिउसो १ बजे स्थायी समिति बैठक बस्न लाागेको हो। स्थायी समिति बैठक पनि भर्चुअल माध्यमबाटै बस्ने भएको छ।अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा ब्यापक हेरफेर गरेको भोलिपल्ट नेपालले स्थायी समिति बैठक बोलाएका हुन्। स्थायी समिति बैठकमा सरकारका कामकारबाहीसँगै समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने जनाएको छ।

यससँगै केन्द्रीय कमिटी बैठकको पनि समीक्षा गरिने जनाएको छ। शुक्रबार र बिहीबार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो।केन्द्रीय कमिटी बैठकमा अब वार्तामा अल्झिराख्नु नपर्नेमा केन्द्रीय सदस्यले जोड दिएका थिए। उनीहरूले नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने सुझाव दिएका थिए।नेपालले भने आफू एमाले एकताकै पक्षमा रहेको बताएका थिए। उनले एकताको प्रयास र रुपान्तरणको प्रक्रिया सँगसँगै अघि लग्नुपर्नेमा जोड दिएका थिए।