×

TUNGOON

अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको रुसद्वारा जानकारी


काठमाडौं । जेठ २२ गते
अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको रुस जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदो महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताउनु भएको हो ।दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रुसले आउँदो दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो । रुसका विपक्षी नेता एलेक्से नाभाल्नीलाई पक्राउ गरी अनावश्यक यातना दिएको भन्दै अमेरिकाले पुटिन सरकारको आलोचना गरेको थियो ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा पनि रुसको संलग्नता रहेको अमेरिकाले आरोप लगाए पनि दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला