×

TUNGOON

नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले असन्तुष्टि व्यक्त


काठमाडौं । जेठ २२ गते
नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै संविधानको मर्म विपरित काम गर्ने छैन भनेर सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ ।उहाँले ‘संविधानको धारा ४ मा स्पष्ट भनिएको र नेपाल अनेकौँ विशेषता सहितको राज्य भएको बताउनु भएको छ ।

 

उपाध्यक्ष गौतमले राजेन्द्र गौतमको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिनेसमेत बताउनुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्य लागेकोसमेत बताउनुभएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला