काठमाडौं । जेठ २३
संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराई हट्नुपर्ने संसद विघटनको मुद्दामा सरकारी पक्षले माग गरेको छ ।महान्यायाधिवक्ता रमेश बडालले आइतबार वरिष्ठताका आधारमा गठन गरिएको इजलासबाट न्यायाधीशहरु कार्की र भट्टराई हट्नुपर्ने माग गर्नु भएको हो । उहाँले आफूलाई न्यायाधीश कार्की र भट्टराईमाथि आशंका रहेको भन्दै इजलासबाट हटिदिन आग्रह गर्नु भएको छ ।

दुईजना न्यायाधीश हट्दा पनि संवैधानिक इजलास गठन गर्न समस्या नहुने भन्दै उनले भने ‘के हामी अहिले विकल्पविहीन अवस्थामा रहेको र गत पुसमा संसद विघटन हुँदा पनि रिट निवेदक पक्षको माग अनुसार न्यायाधीशले इजलास छाडेको प्रसंग उप्काउँदै न्याय प्राप्त गर्ने प्रक्रियामा समानता हुनुपर्ने बताए । ‘यो भन्दा अगाडि पनि एकपक्षीय भएको बताउनु भएको छ । महान्यायाधिवक्ता बडालले जेठ १८ गते संवैधानिक इजलासका न्यायाधीशले लेखेको रायमाथि पनि प्रश्न उठाउनु भएको छ ।