काठमाडौं । जेठ २४ गते
दुईवटा रेल एकआपसमा ठोक्किदा पाकिस्तानको सिन्ध प्रान्तमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । सिन्ध प्रान्त नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसको रेल ठोक्किएर दुर्घटना भएको हो। ज्यान गुमाउनेको संख्या बढ्न सक्ने आँकलन गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको छ।

रेलवेका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा जाँदै थियो भने सर सैयद एक्सप्रेस रावलपिन्डीबाट कराचीका लागि छुटेको थियो। दुर्घटनापछि यो ट्रयाकमा आवतजावत रोकिएको छ।