काठमाडौं । जेठ २५ गते
मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ ।पार्टीले विपक्षमा मत हाल्न दिएको निर्देशनविपरित नेपाल समूहको बाहुल्यता रहेको संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।२४ सदस्यी संसदीय दलमा केपी ओली पक्षका ७ सांसदले भने बहुमतको उक्त निर्णयमा असहमति जनाएका छन् ।

 

एमालेका लीलाधर भट्ट, रतन थापा, पठानसिंह बोहोरा, गेल्वुसिंह बोहोरा, माया तामाङ बोहोरा र वलदेव रेग्मी र नेपालु चौधरीले निर्णयमा हस्ताक्षर गर्न अश्वीकार गरेका छन् ।योसँगै सुदूरपश्चिम प्रदेशमा एमालेको संसदीय दल पनि विभाजित भएको छ । आजै कांग्रेस संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।