काठमाडौं । जेठ २५ गते
सोमवार दिउँसो पौने ४ बजेतिर भारतको पुणे शहरमा रहेको एक रसायन उद्योगमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । आगोका कारण ३७ जना कामदार भवनभित्र फसेका थिए । गणमा धूवाँ आएपछि थुप्रै दमकल त्यतातिर दौडाइएका थिए । केन्द्र तथा महाराष्ट्र सरकारले पीडितहरूका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् । मानिसको उद्धार गर्न अग्निनियन्त्रकहरूले भित्ता फोर्नुपरेको थियो ।

आगलागीको कारण निश्चित हुन नसकेको अधिकारीहरूले बताएका छन् ।कारखाना एसभी आक्वा टेक्नोलोजीजको हो । त्यसले पानी सफा गर्ने क्लोरिन डायोक्साइड बनाउने गरेको छ । पिरानगुट औद्योगिक क्षेत्रमा रहेको कारखानाका मजदूरहरू त्यतै नजिक बस्ने गर्थे ।