काठमाडौं । जेठ २५ गते
हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण रोकचाम तथा नियन्त्रणका लागि हाल देशभर निषेधाज्ञा जालगाएको छ । यसका कारणले गर्दा लाखौं मानिसहरु रोजगारी विहिन भई खाध्य संकटमा परेका छन् । यसैलाई मध्यनजर गदै हाल  नेपालका बिभिन्न संघ–संस्थाहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरि रहेको छन् ।  यसै क्रममा निषेधाज्ञाको अवधिभर समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिमले  निशुल्क खाना वितरण गर्ने उद्देश्यले भोको पेटलाई भोजन तथा खाद्यान्न वितरण अभियान २०७८ सञ्चालन गरेको छ । यसैक्रममा समाजवादी युवा संघ, कोभिड रेस्पोन्स टिमद्वारा आयोजित भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण कार्यक्रम सफल बनाउनका निम्ति केही सहयोगी मनहरुले दाताले केही रकम सहयोग गर्नु भएको छ । सहयोग गर्नेमा मिङ्गिर शेर्पा गौरीशंकर गाउपालीका वार्ड न. ७ हाल अमेरिका क्यालिफोर्निया बस्ने जसपा समर्थक, युवा व्यावसायी तथा समाजसेवी मिङ्गिर शेर्पाले नगद रु ५० हजार  सहयो गर्नु भएको छ ।

 

No description available.