काठमाडौं । जेठ २५ गते
हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण रोकचाम तथा नियन्त्रणका लागि हाल देशभर निषेधाज्ञा जालगाएको छ । यसका कारणले गर्दा लाखौं मानिसहरु रोजगारी विहिन भई खाध्य संकटमा परेका छन् । यसैलाई मध्यनजर गदै हाल नेपालका बिभिन्न संघ–संस्थाहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरि रहेको छन् । यसै क्रममा निषेधाज्ञाको अवधिभर समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिमले निशुल्क खाना वितरण गर्ने उद्देश्यले भोको पेटलाई भोजन तथा खाद्यान्न वितरण अभियान २०७८ सञ्चालन गरेको छ । यसैक्रममा समाजवादी युवा संघ, कोभिड रेस्पोन्स टिमद्वारा आयोजित भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण कार्यक्रम सफल बनाउनका निम्ति केही सहयोगी मनहरुले दाताले केही रकम सहयोग गर्नु भएको छ । सहयोग गर्नेहरुमा गौरीशंकर गाउपालिका वार्ड न. ७ हाल पोर्तुगल बस्नुहुने जसपाको पोर्तुगल प्रवास विशेष प्रदेश सदस्य, युवा नेता तथा समाजसेवी धनराज शेर्पा

Open Photo

 

गौरीशंकर गाउपालिका ७ घर भैइ हाल पोर्चुगल बस्नुहुने पोर्चुगल नेपाली समाज अध्यक्ष तथा समाजसेवी आदरणीय सोम्फुरी शेर्पा

Open Photo

र शैलुङ्ग गाउपालिका घर भै हाल पोर्चुगल बस्ने पोर्चुगल नेपाली समाजका सल्लाहकार, व्यावसायि तथा समाजसेवी आदरणीय कुमार ह्योन्जनले नगद ४० हजार हसयोग गर्नु भएको छ ।

No description available.