काठमाडौं । जेठ २६ गते
नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा .बाबुराम भट्टराईको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै भट्टराईले कुनै संकटले नयाँ सम्भावना लिएर आउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धकोे प्रतिगमनको संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने उल्लेख गर्नु भएको छ ।

उहाँले ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि कम्युनिष्टका कुरा असान्दर्भिक भएकोले नयाँ ढंगबाट सोच्न आग्रह गर्नु भएको छ ।