काठमाडौं । जेठ २६ गते
तालिबानले अफगानिस्तानको उत्तरी क्षेत्रमा सडकमा राखिएको ‘माइन बम’ हटाउने टोलीमाथि गरेको आक्रमणमा १० जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार बाघलान प्रान्तमा आफ्नो शिविरमा बसिरहेको टोलीमाथि तालिबानले आक्रमण गरेको हो ।

घटनामा अन्य १४ जना घाइते भएका छन् ।प्रान्तीय प्रहरी प्रवक्ता जावेद बसरातका अनुसार तालिबान लडाकूले उनीहरु सबैलाई एउटै कोठामा लगेर गोली हानेका हुन् । उनीहरु अफगानिस्तानको सबैभन्दा ठूलो बम डिस्पोजल गर्ने संस्था हलो ट्रस्टमा कार्यरत थिए ।