काठमाडैं । जेठ २७ गते
आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै हुनुहुन्छ । वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका सुब्बाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानको पालना गर्न मत लिन मंगलबार प्रदेशसभामा पत्र दिनु भएको थियो् ।गुरुङ प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्नु भएको हो ।

माओवादी चैत २५ मा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा गरेका थिए। त्यसपछि २ वा २ भन्दा बढी दलको सरकार गठनका लागि भएको आह्वानमा कसैले बहुमत पुऱ्याउन नसकेपछि संविधानको धारा १६७ को ३ अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।