काठमाडैं । जेठ २७ गते

वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ।

यस लेखमा वास्तु शास्त्र अनुसार प्रवेशद्वार कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ।

प्रवेशद्वार
वास्तु शास्त्रमा घरको मुख्य प्रवेशद्वार सुशोभित हुनुपर्छ भनेर भनिएको छ। प्रवेशद्वार बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन्स्
प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ
ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ र ढोका आफै खुल्ने९बन्द हुने हुनुहुँदैन
घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन
पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख द्वार बनाउनु उचित हुन्छ
द्वार नैऋत्य र वायव्य कोणमा बनाउनु पर्छ