काठमाडैं । जेठ २७ गते
आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ भने नियुक्त नयाँ मन्त्रीहरुले दिउँसो चार बजे सपथ लिने कार्यक्रम छ। नियुक्त हुने ७ मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएपछि साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। आज मन्त्रिपरिषद्को बैठक ‘रेगुलर’ बैठक भएको बालुवाटार स्रोतले बताएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ।