काठमाडैं । जेठ २७ गते
वैकल्पिक सरकार बन्ने अवस्था नरहेकाले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आग्रह गर्नु भएको छ । आज प्रदेश सभामा बोल्दै उहाँले विश्वासको मत प्राप्त भए नीति तथा कार्यक्रम ल्याउने नभए संविधानअनुसार हुने बताउनु भएको छ ।

उहाँले वैकल्पिक सरकारका लागि विपक्षीको बहुमत नपुग्ने बताउदै यो एक महिनाअघि नै परीक्षण भएको जिकिर गर्नु भएको छ। राजनीतिक तरल भएको बताउँदै उहाँले यतिबेला सही निर्णय लिन आग्रह गर्नु भएको छ ।