काठमाडौं जेठ २८ गते
गत बैशाख १७ गते बिजुली सर्ट भई आगालागी भएर रोशी गाउँपालिका वडा – ३ स्थित फेटार छापमा बस्दै आएको अग्नी पीडित सन्देश तामाङको परिवारलाई वैदेशिक रोजगारीमा कतार पुगेका नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । आगालागी भएर घर पूर्णरुपमा क्षति भएपछि बिचल्ली भएककाले कतारमा रहेका नेपालीहरुले ५५ हजार आर्थिक सहयोग संकलन गरी पठाएको सामाजिक अभियान्ता तिर्थ थिङ तामाङले जनाकारी दिनु भएको छ ।

अग्नी पीडित तामाङ परिवारमा साना दुई बच्चा श्रीमती र बुबासहित ५ सदस्य छन् । उहाँले पीडित तामाङको परिवार बस्नका लागि अस्थायी बसोबास निर्माण गर्न उक्त रकम पठाएको जनाकारी दिनु भएको छ । आज सामाजिक अभियान्ता तिर्थ थिङ तामाङको नेतृत्वमा संकलित उक्त रकम नेपालका लागि अभियन्त धनबहादुर लामाको नाममा पठाएको छ । सो रकमबाट तामाङ परिवारलाई तत्कालको लागि अस्थायी बसोबास जस्ताको टहरा र बाथरुम निर्माण गर्ने बताएको छ । गत वर्ष क्यान्सरका कारण आफ्नो आमा गुमाएका पीडित सन्देशको आफ्नो जग्गा समेत नभएका कारण सोही गाउँका समाजसेवी हाल कतारमा कार्यरत तीर्थ थिङले आफ्नो जग्गा दिने जनाएको छ । यस अघि लेकपानीमा बस्दै आएको तामाङको जग्गा जमिन केही नभएका कारण सहयोग गरेको बताउँदै उनको स्थायी बसोबास गर्ने अवास निर्माण गर्न आवश्यक सहयोगका लागि अह्वान गरेको छ ।अभियानका क्रममा अन्य ठाउँबाट पनि सहयोग आउने क्रम जारी रहेको बताउँदै बस्ने अवास निर्माण सम्पन्न गरेर हस्तान्तरणपछि सहयोगीहरुको हिसाब तथा विवरण राख्ने जनाएको छ ।